कम्पनीहरू नाफामा, शेयर बजार ओरालो

४ बर्ष अगाडि

कम्पनीहरुले धमाधम नाफामूलक वित्तीय विवरण र लाभांश सार्वजनिक गरेपनि नेपाली शेयर कारोबार ओरालो लाग्ने क्रम रोकिएको छैन ।  

विभिन्न कम्पनीहरुको पहिलो त्रैमासिक कारोबार विवरण नाफामूलक  आइरहँदा सोमबार नेप्से ०.२४ अंकले ओरालो लागेर १ हजार १ सय ३१.१२ अंक कायम भएको हो।

आज १ सय ६० कम्पनीको ११ लाख ८८ हजार कित्ता सेयर ४ हजार ९ सय ५७ पटक किनबेच हुँदा ३५ करोड ६८ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबारको कारोबारमा व्यापार समूह ३१.८३, जीवन बीमा २९।२७, निर्जीवन बीमा १८.५१ अंकले बढ्यो। यस्तै, बैंकिङ ०.१, होटल २.१३, विकास बैंक ०.०८, फाइनान्स २।३९ र माइक्रोफाइनान्स ०.५३ अंकले बढ्यो भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

सबैभन्दा बढी उत्पादन समूहको उपसूचक ३८.९१ र जलविद्युत कम्पनीको ५.८९ अंकले घट्यो।

कारोबार भएको रकमका आधारमा नेपाल बैंक लिमिटेड पहिलो स्थानमा छ। नेपाल बैंकको २ लाख ६० हजार ६ सय ४४ कित्ता शेयर किनबेचबाट ८ करोड ३९ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्यमा निरन्तर तेस्रो दिन सकारात्मक सर्किट लागेको छ। सोमबार साल्ट ट्रेडिङ्गको शेयरमूल्य १०३ रुपैयाँ बढेर एक हजार १४० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया