सिक्टा सिँचाइ आयोजनाको नहर परिक्षण

४ बर्ष अगाडि

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाई आयोजनाको नहर परिक्षण थालिएको छ ।

कार्तिक २२ गतेदेखि नहरमा पानी हाली परिक्षण सुरु गरिएको हो ।

घुलनशील माटोको कारण नहरको २० देखि ३० किलोटिर क्षेत्रकम भत्किने समस्या देखा परेको थियो । गत बैसाख १० गतेको मन्त्रीपरिषदको नहर तत्काल मर्मत गरी सञ्चालन गर्ने योजनाको अनुरुप काम सुरु गरिएको हो ।
नहरको २० देखि ३५ किलोमिटर क्षेत्रमा घुलनशील माटोका कारण भत्किने समस्या थियो। नहर तत्काल मर्मत गरी सञ्चालन गर्नु पर्ने योजनासाथ गत वैशाख १० गते मन्त्रिपरिषदले काम थाल्ने निर्णय गरेको थियो।

परीक्षणका क्रममा नहरमा तत्काल समस्या देखिएको आयोजनाले बताएको छ ।

सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । सिक्टाको सबै काम यही आर्थिक वर्ष २०७६/७७ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वीनहरबाट बाँकेका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया