पाचँ करोड लागतमा अस्पताल बन्दैं

४ बर्ष अगाडि

मकवानपुरको गढी गाउँपालिकाले डुम्रेकुनामा १५ श्ययाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । सो क्षेत्रमा अस्पताल नहुँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् । अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले डुम्रेकुनामा १३ कट्ठा जग्गा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए ।

सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको हो । गाउँपालिकाले यसका लागि  ५० लाख विनियोजन गरेको छ । सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ, हुमागाईँले भन्ने, अस्पताल निर्माण गर्न  पाँच करोड लाग्ने छ ।

यसैबीच सो गाउँपालिकाको सिखरकटेरीस्थित स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालनमा आएको छ । गाउँपालिकाले प्रयोगशाला सञ्चालनका लागि कर्मचारी खटाएको छ । प्रयोगशाला निर्माण गर्न वडा नं २ कार्यालयले आर्थिक तथा राष्ट्रिय प्रयोगशाला काठमाडौँले उपकरण सहयोग गरेको छ ।     
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया