१० अर्ब १५ करोडमा  ‘सिद्धबाबा सुरुङमार्ग’

४ बर्ष अगाडि

लामो समयदेखि योजनामा मात्रै सीमित रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको ‘सिद्धबाबा सुरुङमार्ग’ निर्माणको काम अब शुरू हुने भएको छ ।

अर्थ मन्त्रालयले सोमवार रू। १० अर्ब १५ करोडको सीमाभित्र रहेर उक्त सुरुङमार्ग निर्माणको खरीद प्रक्रिया अघि बढाउन सहमति दिएसँगै यो सुरुङमार्ग निर्माणको बाटो खुलेको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो सुरुङमार्ग निर्माण गर्न उक्त लगानी आवश्यक हुने भन्दै गत असोज १५ गते अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताका लागि अनुरोध गरेको थियो ।

सोहीअनुसार अर्थले सोमवार सोही बजेटको सीमाभित्र रहेर उक्त सुरुङमार्ग निर्माणको खरीद प्रक्रिया अघि बढाउन सहमति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको छ । सुरुङमार्ग निर्माणका लागि ‘डिजाइन एण्ड विल्ड मोडालिटी’ अपनाइने भएको छ । 
आर्थिक अभियानबाट

४ बर्ष अगाडि

प्रतिक्रिया