धितोपत्र बजारमा हालसम्मकै ठूलो ८ अर्ब बराबरको आईपो आउँदै

४ बर्ष अगाडि

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले  ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ ।

यो नेपाल धितो पत्र बजारमा हाल सम्मकै ठूलो आईपीओ हो ।

बैंकले उक्त आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा समेत बोलाएको छ ।

बैंकको साधारण सभा  मंसिर २९ गते र्‍याडिसन होटलमा बेलुका ४ बजे बोलाइएको छ ।

उक्त आईपीओ निष्कासन पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया