प्रचण्ड निजी सचिवालयद्वारा भ्रामक समाचारको घोर भत्र्सना

४ बर्ष अगाडि

नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई जोडेर मन्त्रीहरुका बिषयमा भ्रामक समाचार फैलाएको भन्दै प्रचण्डको निजी सचिवालयले  विभिन्न सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारको घोर भत्र्सना गरेको छ ।

सचिवालयले आज एक विज्ञप्ती जारी गर्दैै उक्त समचार प्रती घोर भत्र्सना र खण्डन गरेको हो ।

उक्त विज्ञप्तीमा मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहेको समेत बताइएको छ ।

सचिवालयले यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया