नेइमारद्वारा (पीएसजी) मा सम्झौता लम्ब्याउन अस्वीकार

४ बर्ष अगाडि

ब्राजिलियन सुपरस्टार नेइमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा सम्झौता लम्ब्याउन अस्वीकार गरेका छन् ।

पीएसजीले सन् २०२५ सम्म सम्झौता लम्ब्याउन गरेको प्रस्तावलाई नेइमारले अस्वीकार गरेका हुन् ।२७ बर्षीय नेइमारको पीएसजीसँग सन् २०२२ सम्म सम्झौता छ ।

उनी सन् सन् २०१७ मा बार्सिलोनाबाट दुई सय २२ मिलियन युरोमा पीएसजी पुगेका थिए । नेइमारले पछिल्लो समय पीएसजीमा त्यति नरुचाएको समाचार बाहिरि रहेको छ । त्यसैले उनले पीएसजीमा थप समय बस्न नचाहेका हुन् । नेइमारले यसै सिजन बार्सिलोना फर्कन चाहेका थिए । तर पीएसजीले नेइमारका लागि प्रस्ताव गरेको तीन सय मिलियन युरो तिर्न बार्सिलोना तयार नदेखिएपछि उनी पीएसजीमै थन्किएका थिए ।

पछिल्लो समय नेइमार चोटले पनि सताईएका छन् । नेइमारको चोटका कारण पीएसजीले ठूला स्पर्धामा सोचेजस्तो नतिजा ल्याउन सकेको छैन । पीएसजीले नेइमारलाई च्याम्पियन्स लिग जित्ने योजना सहित भित्र्याएको थियो । नेइमारको लगातार चोटका कारण पीएसजीको त्यो सपना पूरा हुन सकेको छैन । यस सिजनपनि घाइते भएका नेइमार एक महिनाको विश्राम पछि मैदानमा फर्कने तयारीमा छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया