बैंकिङ एक्स्पोमा घम्साघम्सी बहस : अभिकर्ताले नै भने, ‘बीमा कम्पनीहरू चोर हुन्’

४ बर्ष अगाडि

काठमाडौं – बीमा अभिकर्ताहरूले बीमा कम्पनीहरू चोर भएको आरोप लगाएका छन् । सोमबार सम्पन बैंकिङ एक्स्पोमा भएको बीमा सम्बन्धी छलफलमा उनीहरूले कम्पनीलाई यस्तो आरोप लगाएका हुन् ।

बीमा कम्पनीले जनतालाई ठगरे पैसा कमाएको उनीहरूको अर्काे आरोप छ । नियामक निकाय बीमा समितले नै बीमा कम्पनीलाई ठगी गर्नको लागि लाइसेन्स दिएको एक अभिकर्ताले बताए ।

छलफलमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इं, जिर्नीवन तथा जीवन बीमा कम्पनीका सीईओ र अभिकर्ताहरू उपस्थीत थिए । उक्त छलफलमा अभिकर्ताहरूले समितका अध्यक्ष चापागाईंको पनि निकै खोइरो खनेका थिए । अभिकर्ताहरू समिति र कम्पनी माथि कडा रुपमा प्रस्तुत हुँदा त्यहाँ उपस्थीत दर्शक समेत आर्कषित भएका थिए ।

बीमा समितिले अभिकर्ताको अधिकारको लागि काम नगरेको, बीमा कम्पनीको राम्रोसँग नियमन नगरेको जस्ता बिषयमा अभिकर्ताहरूले प्रश्न उठाएका थिए । साथै, कुनै व्यत्तिले सिधँै कम्पनीबाट बीमा गर्दा प्रत्यके किस्तामा १७ प्रतिशत छुट दिँदा पनि समिति मौन बसेको उनीहरूको आरोप छ ।  

अभिकर्ता मार्फत बीमा गर्दा लाग्ने शुल्कमा नै कम्पनीले त्यस्ता व्यक्तिको बीमा गर्नुपर्ने उनीहरुको माग छ । कम्पनीले सस्तोमा बीमा गर्दा अभिकर्ताको व्यवसाय नै खतरामा परेको उनीहरूको भनाइ छ । 

अभिकर्ताले कुनै व्यक्तिको बीमा गराएमा बीमितले तिर्ने किस्ताबाट १० बर्षसम्म तोकिएको अनुपातमा कमिशन पाउछन्  । एक अभिकर्ताले भने, ‘कम्पनीले पुरै किस्तामा १७ प्रतिशतसम्म डिस्काउन्ट दिन्छ । 

तर, हामी मार्फत बीमा गर्दा महंगो पनि हुने, त्यसमाथि १० बर्षसम्म मात्र कमिशन दिने । यस्तो दुविधायुक्त संरचनामा काम भइरहेको छ, तर बीमा समितिलाई केही थाहा छैन ।’

अभिकर्ताले बीमाशुल्कको किस्ताबाट पहिलो बर्ष २५ प्रतिशत, दोस्रो बर्ष १५ प्रतिशत र तेस्रो बर्ष १० प्रतिशत र त्यसपछिका बर्षहरूमा ५ प्रतिशतसम्म कमिशन पाउछन् ।
यस्तै, एक अभिकर्ताले बीमा कम्पनीहरूलाई ठगेर खान समितिले लाइसेन्स दिएको बताए । साथै, कम्पनीहरू चोर नै भएको उनको दावी छ । उनले भने, ‘एक जना प्रिन्सिपल म्याडमले कुनै एक कम्पनीमा जीवन बीमा गर्नुभएको थियो । उक्त अवधीमा उहाँले २७ लाख बीमाशुल्क बुझाइसक्नु भएछ, गत दशैंमा उहाँले बीमालेख धितो राखेर कर्जा लिन खोज्दा रू. १३ मात्र दिइयो । 

पछि उहाँले पोलिसी खारेज गरेर सरेन्डर भ्यालु लिदा कम्पनीले रू. १७ लाख मात्र थियो । र, कम्पनीले बाँकी रहेको १० लाख कप्लक्क खायो । बीमा कम्पनीहरू चोर नै हुन् ।’ बीमा समितिका अध्यक्ष चापागाईंले बीमालाई जोखिमको रुपमा लिनु पर्र्ने बताए । उनले भने, ‘बीमितले २ बर्षसम्म किस्ता तिर्यो । तर, तेस्राो बर्षमा केही भयो भने त पुरै अवधी अुनसारको क्षतिपुर्ति पाइन्छ । तसर्थ, बीमालाई जोखिमको रुपमा लिन आवश्यक छ । यदि, बीमा गरेर पनि दावी क्षतिपुर्ति पाइएन भने बीमा समितिमा उजुरी गर्नुुस, हामी आवश्यक सहयोग गर्नेछौ ।’

यस्तै, उनले समितिलाई राष्ट्र बैंकसँग तुलना गरेर विश्लेषण गर्न नहुने बताए । उनले भने, ‘२०१३ सालमा राष्ट्र बैंक स्थापना हुदाँ गभर्नरलाई मुख्य सचिव भन्दा माथिल्लो ¥याङकीङमा राखियो । तर, २०२५ सालमा स्थापना भएको बीमा समितलाई अर्थमन्त्रालयको शाखाको रुपमा राखियो । अनि कसरी बीमा समितिले प्रभावकारी काम गर्न सक्छ ।’ बीमालाई बिगतमा कसैले माथि ल्याउन नखोजेको उनको भनाइ छ । उनले थप भने, ‘बिगतका अध्यक्षले बीमा क्षेत्रलाई माथि ल्याउन खोजेनन् । अहिले बीमा क्षेत्र माथि आउँदै छ । यति धेरै आरोप नलगाउनुस न ।’

४ बर्ष अगाडि

प्रतिक्रिया