वाणीज्य बैंकहरु द्वारा २६ खर्बको ऋण प्रवाह,  धेरै कर्जा दिनेमा एनआईसी अगाडी

४ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालका विभिन्न वाणीज्य बैंकहरुले २६ खर्ब १९ अर्ब ९३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । बैंकहरुले हालै सार्वजनीक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरणमा उक्त रकमको कर्जा प्रवाह भएको देखिएको हो ।

गत आर्थिक वर्षको सोही अवधीको तुलानामा बैंकहरुको कर्जा १६ प्रतिशतले बृद्धि भएको छ ।यस अघि वाणीज्य  बैंकहरुले आर्थिक वर्षको यही अवधीमा २२ खर्ब ६० अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

असोज सम्मको तथ्यांक अनुसार नेपालका १० वाणीज्य  बैंकहरुले एक अर्ब भन्दा माथी रकमको कर्जा प्रवाह गरेको देखिएको छ ।यस अवधीमा कर्जा प्रवाह गर्ने बैंकहरु मध्य एनआईसी एसिया बैंकले सबै भन्दा बढी कर्जा प्रवाह गरेको देखीएको छ । बैंकले चालु आवको तिन महिनामा  १ खर्ब ६२ अर्ब ४३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको हो ।

त्यस्तै कर्जा प्रवाह गर्ने मामलामा राष्ट्रिय वाणीज्य बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले यस अवधीमा १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । यस्तै, नविल बैंक्ले १ खर्ब ४१ अर्ब ८९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दै तेस्रो स्थानमा रहन सफल भएको छ ।

यस्तै नेपाल इन्भेष्मेन्ट बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, कृषि बिकास बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंकले १ खर्ब भन्दा माथी कर्जा प्रवाह गरेका छन् ।

यस समिक्षा अवधिमा सबै भन्दा थोरै कर्जा प्रवाह गर्नेमा प्राइम बैंक रहेको छ । बैंकले यस अवधीमा ६२ अर्ब १७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया