ग्रीन टोबाको विरुद्ध मुद्दा, १० करोड १५ लाख राजस्व चुहावट

४ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले नक्कली बिजकको प्रयोग गर्ने कम्पनीविरुद्ध मुद्दा गर्न सुरु गरेको छ । विभागले  राजस्व चुहावटको आरोपमा ग्रीन टोबाको कम्पनी प्रालिविरुद्ध  मुद्दा दायर गरेको छ ।
कम्पनीका संनालक प्रभुराम श्रेष्ठलाई विपक्षी बनाई विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनिविरुद्ध विभागले १० करोड १५ लाख राजस्व चुहावट गरेको आरोप लगाएको छ । 

त्यस्तै विभागले सफिन एण्ड ब्रदर्स इन्टरप्राइजेजका प्रोपाइटर सरोज केसी, आरएस स्टोरका प्रोपाइटर मुकेश अग्रवाल, अभिनव सूर्ती उद्योगकी प्रोपाइटर सुष्मा गोयन्कालाई समेत विपक्षी बनाइ मुद्दा दायर गरेको छ। 

 यसैगरी विभागले गोल्डन टोबाको इन्डस्ट्रिजका संचालक र सहयोग सूर्ती उद्योगका प्रोपाइटर दीनेश बसुकला तथा ओम साई सूर्ती उद्योगकी प्रोपाईटर जानुका कार्कीलाई प्रचलित कानून बमोजिम अन्तःशुल्क स्टिकर नलगाई सूर्तीजन्य वस्तु विक्री गरेको आरोप विभागले लगाएको छ।
सबै आरोपितहरु विरुद्ध मुद्दामा राजस्व चुहावट ऐज २०५२ को दफा २३ को उपदफा १ र ३ वमोजिम बिगोको दोब्बरसम्म जरिवाना ३ बर्षसम्म कैदको सजाय माग गरिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया