कृषि बीमा सम्बन्धी निर्देशन परिमार्जन गर्ने तयारी

४ बर्ष अगाडि

काठमाडौं – बीमा समितिले बाली तथा पुशपन्क्षी (कृषि) बीमा सम्बन्धी निर्देशन संसोधन गर्ने भएको छ । कृषि बीमा सम्बन्धी निर्देशनलाई सयम सापेक्ष बनाउनका लागि संसोधन गर्न लागिएको हो ।
‘२०६९ सालमा गरिएका कतिपय व्यवस्थाले अहिलेको बजारलाई सम्बोधन गर्न सकेन, त्यसैले निर्देशनलाई परिमार्जन गर्न लागेका हौं । नयाँ आउने निर्देेशनमा केही नयाँ व्यवस्था पनि हुनेछ ।’ बीमा समितिको एक स्रोतको भने ।


हाल नयाँ निर्देशनको आवश्यक मस्यौदा तयार भइसकेको छ । मंसिर महिनामा नै उक्त मस्यौदालाई सञ्चालक समितिबाट पारित गर्ने तयारी छ । त्यसलगत्तै नयाँ निर्देशन जारी हुने स्रोतको भनाइ छ । वि.स. २०६९ माघमा कृषि बीमा कार्यक्रम सुरु गरिएको थियो, जसअनुसार नयाँ निर्देशिका पनि आगमी माघमा नै जारी गर्न सकिने बताइएको छ ।


समितिले यस बीमा योजना अन्तरगत बाली तथा पशुपंक्षीसंग सम्बन्धीत करिव २५ वटा बीमालेख लागू गरिसकेको छ । यस्तो बीमा गर्दा किसानले बीमाशुल्कमा ७५ प्रतिशत अनुदान  पाउने व्यवस्था छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया