नाफा बढ्दा पनि घट्यो बैंकहरूको वितरणयोग्य नाफा, कुन बैंकको कति ?

४ बर्ष अगाडि

काठमाडौं– चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बाणिज्य बैंकहरूको वितरण योग्य नाफा ३६ प्रतिशतले घटेको छ । 

गत आवको पहिलो त्रैमासमा बैंकहरूको वितरण योग्य नाफा रू. १२ अर्ब ९३ करोड ५ लाख थियो । तर, चालु आवको पहिलो त्रैमासमा वितरण योग्य नाफा रू. ८ अर्ब २६ करोड ६५ लाखमा खुम्चिएको छ ।

गत आवको समिक्षा अवधीमा बैंकहरूले रू. १५ अर्ब खुद नाफा कमाएका थिए । चालु आवको पहिलो त्रैमासमा बैंकहरूले त्यो भन्दा ६ प्रतिशत अर्थात रू. १६ अर्ब १७ करोड नाफा को नाफा कमाएका थिए । तर, वितरण योग्य नाफामा भने ३६ प्रतिशतले घटेको छ । 

पछिल्लो समय बैंकहरूको सञ्चालक खर्च बढेको छ भने आम्दानी खुम्चिएको छ । त्यसैले वितरणयोग्य नाफा घटेको हुन सक्ने बताइएको छ । 
यस वर्षको प्रथम त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको मात्र रू. १ अर्ब माथिको बितरण योग्य रकम रहेको छ । बैंकले यस अवधीमा रू. १ अर्ब ३० करोड बितरण योग्य राखेको छ, जुन अघिल्लो आवको सोही अवधीको तुलनामा ८१ प्रतिशतले बढी हो । यस अघि बैंकको बितरण योग्य रकम ७२ करोड २२ लाख रहेको थियो ।

त्यस्तै, नबिल बैंकले यस अवधीमा रू. ७४ करोड २२ लाख बितरण योग्य नाफा राखेको छ । अघिल्लो वर्षको साही अवधीमा बैंकले ९३ करोड ३१ लाख बितरण योग्य नाफा राखेको थियो ।

त्यस्तै, एनएमबी बैंकले भने आफ्नो बितरण योग्य रकम बृद्धि गरेको छ । अघिल्लो वर्ष रू. ४९ करोड २४ लाख बितरण योग्य रकम राखेको यस बैंकले अहिले रू. ५३ करोड ६१ लाख बितरण योग्य नाफा राखेको छ ।त्यस्तै चौथो नम्बरमा पर्न सफल स्टान्र्डड चार्टड बैंकले मुनाफा वितरणका रू. ४९ करोड ४ लाख रकम छुट्टाएको छ । अघिल्लो वर्षको सोही अवधीमा बैंकले रू. ५८ करोड ४५ लाख बराबरको यस्तो रकम छुट्टाएको छ । 

त्यस्तै पाचौँ नम्बरमा पर्न सफल एनआईसी एसीया बैंकले रू. ४४ करोड ८४ लाख रकम मुनाफा वितरणको लागि छुट्टाएको छ ।  गत वर्षको सोही अवधीमा बैंकले रू. ५८ करोड २२ लाख रकम छुट्टाएको थियो । 

समिक्षा अवधीमा १५ बैंकले मुनाफा वितरणका लाग रू. २० करोड भन्दा बढी रकम छुट्टाएका छन् । त्यस्तै, १० बैंकले भने १० देखि २० करोडसम्मको बीचमा यस्तो रकम छुट्टाएका छन् । चालु आर्थिक वर्षको तिन महिनाको अवधीमा वाणिज्य बैंक मध्यका ३ बैंकको बितरण योग्य रकम भने १० करोड तल रहेको छ ।

सबै भन्दा थोरै बितरण योग्य रकम सिभील बैंकले छुट्टाएको छ ।बैंकले यस अवधीमा २ करोड ९८ लाख बराबरको मात्र बितरण योग्य रकम छुट्टाएको छ । अघिल्लो वर्षको यसै अवधीमा बैंकले १२ करोड १२ लाख बितरण योग्य रकम छुट्टको थियो ।

त्यस्तै, प्रभु बैंकले ५ करोड ५७ लाख बितरण योग्य रकम कमाएको छ । बैंकले अघिल्लो वर्ष ६४ करोड ३१ लाख बितरण योग्य रकम कमाएको थियो ।
त्यस्तै नेपाल बैंकले ६ करोड ५६ लाख बितरण योग्य रकम बमाएको छ जुन अघिल्लो वर्षको यसै अवधीको तुलानामा ९३ प्रतिशतले कम हो । 

बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा ९७ करोड ९१ लाख सबितरण योग्य रकम कमाएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया