प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत

४ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तसमक्ष प्रदेशका मुख्य महान्यायाधिवक्ता कुलानन्द उपाध्यायले आज कार्यालयको वार्षिक प्रतिवेदन पेश गरेका  छन् ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित समारोहमा मुख्य न्यायाधिवक्ता उपाध्यायले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । समारोहमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।

नेपालको संविधानबमोजिम व्यवस्था भएको मुख्य न्यायाधिवक्ताको कार्यालयले सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो । मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएयता सर्वोच्च अदालत, उच्च अदालत दिपायल, उच्च अदालत दिपायलको महेन्द्रनगरस्थित इजलासमा समेत गरी ३२ थान मुद्दामा बहस पैरवी गरिएको मुख्य न्यायाधिवक्ता उपाध्यायले बताए ।

यस्तै सोही अवधिमा १२ वटा विषयमा प्रदेश सरकारलगायतलाई लिखित कानूनी राय सुझाव दिइएको र प्रदेशका नौवटै जिल्लामा रहेका न्यायिक समितिलाई न्याय सम्पादन र कानून निर्माणका विषयमा सहजीकरण गरिएको जनाइएको छ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया