२५ करोड बराबरको ऋणपत्र निष्काशन गर्दै गुडविल फाइनान्स

४ बर्ष अगाडि

गुडविल फाइनान्सले ऋणपत्र निष्काशन गर्न रेटिङ्ग गराएको छ। 

फाइनान्स कम्पनीले २५ करोड रुपैयाँ बराबरको  ऋण पत्र निष्कासन गर्न लागेको हो ।

उक्त कम्पनीले ऋणपत्र निष्काशनको लागि धितोपत्र बोर्डमा भने आवेदन नदिएकाले बोर्डबाट अनुमति पाएपछि मात्र ऋणपत्र निष्काशनको काम अघि बढ्नेछ।

चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३२ करोड ९० लाख रुपैयाँ सञ्चित छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया