चार दिनदेखि युवती सम्पर्कविहीन

४ बर्ष अगाडि

एक युवती चार दिनदेखि सम्पर्कविहीन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्कविहीन भएकी हुन् । मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी उनी सोही दिन साँझबाट नै सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।     
     
छोरी सम्पर्कविहीन भएपछि बुबा नारायण अर्यालले २ गते सोमबार इस्मा प्रहरीचौकी, इस्मामा उजुरी पनि दिएका छन् तर अहिलेसम्म कतैबाट पनि भेटिएको जानकारी आएको छैन । पूजाले इस्मा गाउँपालिका–४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन् ।

छोरी सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले सबैमा आग्रह गरेको छ । पूजालाई कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरीचौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६ वा ९८६७४९२६३० मा सम्पर्क गरी सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया