लोकतन्त्रको रक्षाका लागि नेता रानाभाटको जोड

४ बर्ष अगाडि

नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले अधिनायकवादीशक्ति हाबी हुँदा मुलुक र लोकतन्त्र खतरामा परेको बताएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पोखरा महानगरपालिका–८ मा घरदैलोमा सहभागी बन्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि पनि काँग्रेसले चुनाव जित्नुपर्ने बताए।
वर्तमान सरकार गठन भएयता जनता त्रासै त्रासमा बाँच्न बाध्य भएको धारणा राख्दै उहाँले त्रसित जनतामा शान्ति ल्याउन पनि यो उपनिर्वाचन काँग्रेसका पक्षमा हुनुपर्ने जिकिर गेर ।

नेपालको सीमा मिचिएर जनता सडकमा आउँदासमेत सरकार कानमा तेल हालेर बसेको उनले बताए । काँग्रेस पार्टीप्रति जनताको विश्वास पनि बढेको र निर्वाचनमा जित्ने पर्याप्त आधार देखिएको उल्लेख गर्दै रानाभाटले विगतका कमिकमजोरी सच्याएर पार्टी अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
लोकतन्त्रको रक्षाका लागि नेता रानाभाटको जोड
नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले अधिनायकवादीशक्ति हाबी हुँदा मुलुक र लोकतन्त्र खतरामा परेको बताएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पोखरा महानगरपालिका–८ मा घरदैलोमा सहभागी बन्दै उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि पनि काँग्रेसले चुनाव जित्नुपर्ने बताए।
वर्तमान सरकार गठन भएयता जनता त्रासै त्रासमा बाँच्न बाध्य भएको धारणा राख्दै उनले त्रसित जनतामा शान्ति ल्याउन पनि यो उपनिर्वाचन काँग्रेसका पक्षमा हुनुपर्ने जिकिर गरे।

नेपालको सीमा मिचिएर जनता सडकमा आउँदासमेत सरकार कानमा तेल हालेर बसेको उनले बताए । काँग्रेस पार्टीप्रति जनताको विश्वास पनि बढेको र निर्वाचनमा जित्ने पर्याप्त आधार देखिएको उल्लेख गर्दै रानाभाटले विगतका कमिकमजोरी सच्याएर पार्टी अघि बढ्नुपर्ने धारणा राखे।
 

४ बर्ष अगाडि

प्रतिक्रिया