बौद्ध सडक खण्ड समयमै नबनेपछि फेरी विरोध

४ बर्ष अगाडि

बौद्ध सडक खण्ड समयमा नै नबनेको भन्दै व्यापारीहरुले सडकमा निस्किएर बिराेध गरेका छन्।

बुधवार बिहान उनीहरु पसल बन्द गरेर सडकमा उत्रिएका हुन्।

बर्षौं बित्दा पनि सडक नबनेको र धुलोधुवाँका कारण आफ्नो स्वास्थ्य र व्यवसायमा समस्या भएको भन्दै उनीहरु विरोधमा उत्रेका हुन्।

व्यवसायीहरुले बुधवार बिहान देखी नै पसल बन्द गरेर आन्दोलन गरिरहेका छन्।

यस अघि बैशाख २६ मा पनि सरकारले बाटो नबनाएर स्थानियलाई दुःख दिएको भन्दै व्यापारीहरुले बिरोध गरेका थिए ।

सो बिरोधमा स्थानिय र प्रहरीसंग झडप समेत भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया