निक्षेपको तुलनामा ऋण साढे ५ गुणा बढि

४ बर्ष अगाडि

कात्तिक महिनामा निक्षेपको तुलनामा ऋण साढे ५ गुणाले बढेको छ ।

एक महिनामा बैंकहरुमा जम्मा २ अर्ब रुपैयाँले निक्षेप बढेको छ । ऋण भने ११ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक बर्षको सबैभन्दा कम ऋण नै कात्तिक महिनामा गएको छ ।कात्तिकको अन्तिम सातामात्र ९ अर्ब रुपैयाँले ऋण गएको छ । निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ ।

असोज मसान्तसम्ममा वाणिज्य बैंकमा २९ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप थियो । कात्तिक मसान्तमा बैंकहरुमा २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
बैंकहरुले असोज महिनामा १ खर्बभन्दा बढीले निक्षेप बढाएपनि कात्तिक लागेसँगै बैंकमा निक्षेप घटेको थियो । ऋण तर्फ असोज महिनामा ६८ अर्ब रुपैयाँ बढेको थियो । कात्तिक लागेपछि ऋण घटेको थियो । अन्तिम सातामात्र ऋण रकम बढेको हो ।

असोज मसान्तसम्ममा बैंकहरुले २६ खर्ब २९ अर्ब रुपैयाँ ऋण दिएकोमा कात्तिक मसान्तसम्म त्यो बढेर २६ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।
सरकारले विकास खर्च नगर्दा निक्षेप बढेको छैन । अहिले बैंकहरुमा ऋणको समेत माग छैन । जसले गर्दा बैंकहरुलाई तरलता व्यवस्थापनमा भने कठिनाई छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया