अर्थमन्त्री नहट्ने हल्लाले बजार घट्यो

४ बर्ष अगाडि

मन्त्री परिर्वनत हुने हल्लाले बुधबार कारोबार सुरु भएदेखि सुधार हुन थालेको बजार अन्तिममा घटेर रोकिएको छ । कारोबार सुरु भएको एक घण्टासम्म लगातार बढेको बजार त्यसपछि १.६५ अंकले घटेको हो ।

अघिल्लो साता झै बुधबार पनि अर्थमन्त्री डा. युवराज खतिवडा हट्ने हल्लाले बजारमा सुधार आएको थियो तर खतिवडा नहट्ने हल्ला चलेपछि  बजार घटेको हो। 

बजार सुधारकै अवधिमा २० करोड हाराहारीमा कारोबार भएको थियो। तर बजार घट्न थालेपछि कारोबार रकम ३० करोड ३७ लाख रुपैयाँमा सिमित भएको छ। 

बुधबार सबैभन्दा धेरै एनएमबी बैंकको तीन करोड ५४ लाख रुपैयाँको कारोबार भयो। दोस्रोमा नेपाल बैंकको दुई करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। 
बैंकिङ र व्यापारको सूचक बाहेक सबै सूचक ओरालो झरेका छन्। 

साल्ट ट्रेडिङ र घोडीघोडा लघुवित्तको शेयर बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ। साल्ट ट्रेडिङको लगातार बढ्ने क्रममा १३७९ रुपैयाँ पुगेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया