कामना सेवा विकास बैकको नाफामा सुधार

४ बर्ष अगाडि

 कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नाफामा अधिक सुधार गरेको छ ।

यसअवधिमा खुद नाफा ५६८.९७ प्रतिशतले  ले बढेर १ करोड ८६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद नाफा २७ लाख ८८ हजार रुपैयाँ रहेको थियो । यता, असोज मसान्तसम्म वितरण योग्य नाफा भने ९८ लाख ७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
 खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि चमक आएको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ७९.१७ प्रतिशत र ५५९.०७ प्रतिशतले बढेको छ । यसअवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ४९ पैसाले बढेर २ रुपैयाँ ९४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ८१ पैसा छ । गत वर्षको नाफाबाट कामना सेवाले लगानीकर्तालाई ६.८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया