स्थानीयस्तरमा उत्पादन कृषिजन्य उत्पादन बजारीकरण गर्ने कोशेली घर स्थापना

४ बर्ष अगाडि

कृषकलाई दैनिक उपभोग्य सामग्री बिक्री गर्न र ग्राहकलाई खरिद गर्न सहज होस भन्ने उद्देश्यले जाजरकोट सदरमुकाममा कोशेली घर सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (विभाग)जाजरकोटको सहयोगमा महिला उद्यमी शीला नेपालीले कोशेली घरको स्थापना गरेका हुन ।

परियोजना कार्यान्वयन इकाइले कोशेली घर सञ्चालनका लागि लाग्ने वार्षिक घर भाडा, कृषिजन्य वस्तु राख्नलाई चाहिने क्यारेट, बट्टालगायतका सामग्री र ‘डिजिटल’ तराजु सहयोग गरेको परियोजना कार्यान्वयन इकाइ प्रमुख टङ्क रिजालले जानकारी दिए ।

स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य तथा घरेलु उत्पादनको बजारीकरण गर्नमा कोशेली घरले सहयोग पुर्याउने उनले बताए । कोशेली घरमा स्थानीय उत्पादन सुन्तला, केरा, स्याउ, किबी, सिमी, भट्टमास, बेसार, भाँगो, गहत, मासका साथै राडी, पाखीलगायत हस्तकलाका सामग्री सञ्चालक नेपालीले बताए।     
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया