प्रधानमन्त्री व्यस्त भएपछि पत्रकारको दिनभरीको मेहनेत खेर

४ बर्ष अगाडि

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बुधबार हुने भनिएको मन्त्रिमण्डल हेरफेरको तयारी सरेको छ ।  

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बुधबार हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन हुन नसकेको बताए । उनले बिहीबार मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना रहेको पनि बताए । 

नयाँ मन्त्री छान्न नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा)को बुधबार ३ घण्टासम्म बैठक बसेको थियो । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मन्त्रिबारे मोटामोटी सहमति जनाएको बताइएको छ । 

बुधबार दिनभर सञ्चारमाध्यमले आजै मन्त्रीमण्डल हेरफेर हुने भन्दै हेरफेर हुने सूचिमा पर्नेहरुको नामसमेत पत्ता लगाउन व्यस्त भएका थिए ।  तर प्रधानमन्त्रीको व्यस्तथा पछि पत्रकारहरुको मेहनेत खेर गएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया