नेपालमा सबैलाई नसमेटेका कारण विकास भएन : डा राणा

४ बर्ष अगाडि

कैलाली । सांसद डा आरजु राणा देउवाले नेपालमा सबैलाई समेटेर नलगेका कारण विकास नभएको बताएका छन् । 

बुधबार कैलालीको टीकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रममा डाक्टर देउवाले नेपालमा सबैलाई नसमेटेकै कारण द्वन्द्व बढेको बताए । “यही कारणले द्वन्द्व बढेको हो । जहाँ शान्ति हुन्छ, विकास पनि त्यही हुन्छ”, राणाले भने, “अब यहाँको विकास र शान्तिका लागि यहाँका नेता तथा अग्रजले शान्ति स्थापनाका लागि पहल गर्न जरुरी छ ।” 

क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावल, महासमिति सदस्य फकिरसिंह कडायत लगायतले बाेलेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया