गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा नयाँमन्त्री : साह

४ बर्ष अगाडि

मन्त्रिमण्डल हेरफेरप्रति नेकपा नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभू साहले विरोध गरेका छन् ।

 उनले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको आरोप लगाएका छन् । 

‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।’

मन्त्रीको आकांक्षी उनले योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको कार्यशैलीले लज्जित बनाएको पनि बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया