सिमित व्यक्तिले पाउछन् बैंकबाट ऋणः निक्षेप खाता पौने तीन करोड पुग्दा कर्जा खाता १४ लाख मात्र

४ बर्ष अगाडि

काठमाडौं – नेपालमा बैंकिङ क्षेत्र उत्साहजनक रूपमा विस्तार भएपनि यसबाट सेवासुविधा लिने व्यक्तिको संख्या भने अत्यन्त न्यून देखिएको छ । विशेषगरि बैंक तथा वित्तिय संस्थाबाट कर्जा सुविधा पाउने व्यक्ति तथा संस्था अत्यन्त न्यून मात्रामा छन् ।
गत असारमसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरूमा निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको छ । तर, त्यसको तुलनामा कर्जा खाताको संख्या भने निराशाजनक देखिएको छ, गत असारसम्म बैंक तथा वित्तिय संस्थाहरूमा जम्मा १४ लाख ४० कर्जा खाता खोलिएका छन् । यसले आम सर्वसाधारणहरू कर्जा सेवा सुविधाबाट बञ्चित हुनुपरेको स्पष्ट पार्दछ । राष्ट्रका अधिकारीहरू पनि कर्जा खाताको विस्तार निराशा जनक भएको बताउछँन् ।

बैंक तथा वित्तिय संस्थाहरूमा निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको छ । तर, त्यसको तुलनामा कर्जा खाताको संख्या भने निराशाजनक देखिएको छ, गत असारसम्म बैंक तथा वित्तिय संस्थाहरूमा जम्मा १४ लाख ४० कर्जा खाता खोलिएका छन् ।


वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेका नेपालीको तीनपुस्ते विवरणलाई विश्लेषण गरी एक व्यक्तिको एक भन्दा बढी रहेका खाताहरुलाई हटाएर एक व्यक्ति एक खाता हेर्दा करिब १ करोड ८० लाख निक्षेप खाता संख्या देखिएको छ । यो संख्या नेपालको कुल जनसंख्याको ६०.९ प्रतिशत हुन आउँछ । यसले नेपालमा कम्तीमा ६०.९ प्रतिशत जनसंख्यामा बैंकिङ्ग पहुँच पुगेको देखाएको छ । 
बैंकहरूले सर्वसाधारणबाट नै पैसा जम्मा गरेर बर्षेनी अर्बाै नाफा कमाउँदै आएका छन् । तर, सर्वसाधारण नै कर्जा दिने बिषयमा बैंकहरूले पछि छन् । सिमित व्यक्ति, व्यवसायी तथा पहुँचवाला व्यक्तिले नै बैंकबाट कर्जा सुविधा लिइरहेको राष्ट्र बैंकको तथ्यांकबाट अनुमान लगाउन सकिन्छ ।
बाणिज्य बैंकहरूले चालु आवको पहिलो त्रैमासिक रू. २८ खर्ब भन्दा बढी निक्षेप संकलन गरेका छन् । र, कर्जा प्रवाह पनि रू. २६ खर्ब भन्दा बढी छ, यतिका थोरै संख्यामा कर्जा खाता हुदाँ सिमित व्यक्तिले बढी मात्रामा ऋण लिएको यस तथ्यांकले देखाउछ ।
कर्जा खाताको संख्या बढाउन बैंकहरूले सर्वसाधारणको आवश्यकता अनुसारको कर्जा प्रडक्ट ल्याउनुपर्ने विज्ञहरू बताउछन् । हाल जनताको आवश्यकता अनुसार प्रडक्ट पनि नभएको र राष्ट्र बैंकले पनि यस बिषयमा ध्यान नदिएको उनीहरुको भनाइ छ । 
बैंकहरूको थ्री पि रूल
बैंकहरूले कर्जा दिने बिषयमा थ्री पि रूल बनाएका छन् । थ्री पी भित्र पर्ने व्यक्तिले बैंकबाट कर्जा पाउने सम्भावना न्यून हुन्छ । उक्त थ्री पीको अर्थ हो, पुलिस, पोलिटीसियन र पत्रकार । बैंकहरूले यी तीन क्षेत्रमा आवद्ध व्यक्तिहरूलाई ऋण पत्याउदैन । यदि उनीहरूलाई कर्जा प्रवाह गरि हाले पनि वाच लिस्टमा राखेर कडा रूपमा नियमन गरेको हुन्छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया