मन्त्रीमण्डल पुनर्गठनको देखिएन प्रभावः नेप्से ओरालो लाग्दै

४ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपपत्र बजारमा मन्त्रिमण्डल पुनर्गठनको प्रभाव देखिएको छैन । जसको फलस्वरूप बिहीबार नेपा स्टक एक्सचेन्ट (नेप्से) ओरालो लागेको छ ।
आज ११२८.३५ विन्दुबाट सुरू भएको नेप्से सवा बाह्र बजेसम्म आउँदा ११२६.१४ विन्दुमा झरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । तर, लगानीकर्तामा भने कुनै उत्साह देखिएको छैन । 
लगानीकर्ताले पहिलेदेखि नै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै आएका थिए । मन्त्रीमण्डल पुनर्गठनमा खतिवडा बर्खास्त हुन्छन् भन्ने कतिपयको तर्क पनि थियो । तर, पुनर्गठनमा अर्थमन्त्री खतिवडा जोगिए, त्यसपछि लगानीकर्ता निरुत्साहित भएका छन्   
 

४ बर्ष अगाडि

प्रतिक्रिया