किसानलाई अनुदान दिँदा मन्त्रालय खारेजको माग गर्ने नेता पनि मन्त्री

४ बर्ष अगाडि

उखु किसानको नाममा दिने गरिएको अनुदान सिधै किसानको खातामा पठाउने कार्यविधि बनाउँदा चर्को बिरोध गर्ने व्यक्ति मन्त्री बनेका छन् । 

उखु किसानको अनुदान दुरुपयोग गर्ने विचौलिया र उद्योगीको पक्षमा लागेका हृदयेश त्रीपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका हुन् । 

तत्कालिन कृषिमन्त्री चक्रपाणी खनालले किसानको अनुदान विचौलीया तथा उद्योगीले दुरुपयोग गरेपछि सिधै किसानको खातामा रकम पठाउने गरी कार्यविधि बनाउँदा उनले बिरोध गरेका थिए ।

विचौलियाको पक्षमा वकालत गरेका उनले किसानको पक्षमा काम गर्ने कृषि मन्त्रालय खारेज गर्नुपर्छ भन्दै वक्तव्य समेत निकालेका थिए । 

त्रिपाठीले अहिलेको क्याबिनेटमा छैटौँ वरियता पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु उपेन्द्र यादव, ईश्वर पोखरेल र मन्त्रीहरु रामबहादुर थापा तथा प्रदीप कुमार ज्ञवालीपछिको वरियतामा त्रिपाठी परेका छन् ।  
  
उनी राजपा नेपाल परित्याग गरेर स्वतन्त्र हैसियतामा एमालेको सूर्य चुनाव चिन्ह लिएर नवलपरासी ९पश्चिम० क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । 

त्रिपाठाी नेकपामा प्रवेश गर्ने भनेर चर्चा हुँदै आएपनि प्रवेश भने हालसम्म गरेका छैनन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया