चाँदीको आायातमा भारी गिरावटः ३ महीनामा ३ अर्बको मात्र आयात

४ बर्ष अगाडि

काठमाडौं – अन्तरराष्ट्रिय बजारमा सुनसँगै चाँदीको मुल्यपनि बढेपछि नेपालमा यसको आयात घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा चाँदीको आयात ४० प्रतिशतले घटेको छ । 
गत आवको पहिलो त्रैमासमा रू. ४ करोड ९९ करोड ९५ लाखको चाँदी आयात भएको थियो । तर, अहिले रू. २ अर्ब ९९ करोड ३४ लाखको मात्र चाँदी आयात भएको छ, जुन गत आवको तुलनामा ४०.१ प्रतिशतले कम हो । 
चिन र अमेरिका बीचको जारी व्यापार युद्धका कारण अन्तरराष्ट्रिय शेयर बजारमा ह्रास आइरहेको छ । त्यसपछि लगानीकर्ता सुनचाँदी तिर आर्कषित भएका छन् । यसरी मुल्य बढेपछि नेपालमा यसको कारोबार घटेको छ, त्यसपछि चाँदीको आयात घटेको सचुचाँदी व्यवसायीहरू बताउछन् ।
सामान्य अवस्थामा नेपालमा चाँदीको कारोबार प्रतितोला ६ सय देखि ७ सय रुपैयाँसम्ममा हुन्छ । तर, अहिले चाँदीको मुल्य प्रतितोला ८६० सम्म पुगेको छ । गत आवको तथ्यांकअनुसार नेपालमा बार्षिक रू. १६ अर्ब हारहारीमा चाँदी आायत हुने गर्छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया