गरिमा विकास बैंक मर्जरमा जाने,२७ गते साधाण सभा

४ बर्ष अगाडि

गरिमा विकास बैंक मर्जरमा जाने भएको छ ।

साधाराण सभाले सञ्चालक समितिलाई विषेश प्रस्ताव पारित भएपछि मर्जरका लागी बाटो खुल्नेछ ।
मंसिरमा २७ गते १३ औ वार्षिक साधारण सभा गर्ने बैंकको बुधबार बसेको सञ्चालक समितिको बैंठकले टुङ्गो लगाएको छ ।  

पूर्व घोषित १६।१५ प्रतिशत नगद लाभांस साधारणसभामा पेश हुने छ। बैंकले अधिकृत पूँजी बढाएर ५ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ। बैंकको हालको पूँजी दुई अर्ब ७८ करोड रुपैयाँ छ। ४५ करोड रुपैयाँ बोनस शेयर दिएर बैंकले चुक्ता पूँजी तीन अर्ब २३ करोड रुपैयाँ पुर्‍याउने छ।

साधारण सभामा अन्य कुनै बैंकसंग गाभ्ने वा गाभिने प्रकृया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिने भएको छ। बोनस शेयर वितरणपछि कायम हुने फ्र्याक्सन शेयरलाई यथावत राख्ने जनाइएको छ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया