जनतालाई मुआब्जा माग्दै धर्नामा बसे पूर्वप्रधानमन्त्री भट्टराई

४ बर्ष अगाडि

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जनतालाई बुढीगण्डकी आयोजनास्थलको मुआब्जा दिन माग गर्दै धर्नामा बसेका छन् । 

आयोजनास्थल रहेको गोरखाको आरुघाट बजार, धादिङको खहरे र गोरखाको आर्खेत क्षेत्रको मुआब्जा तत्काल तोक्न माग गर्दै भट्टराई लगायतका जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन । 
धर्नामा पूर्वप्रधानमन्त्री तथा गोरखा २ का सांसद बाबुराम भट्टराई, राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीसहितको टोली आज बिहान १० बजेदेखि  जिल्ला प्रशासनमा धर्नामा बसेका हुन्।

मुआब्जा तोक्न आलटाल गरेपछि स्थानीय जनताको हितका लागि प्रशासनलाई दवाव दिन आन्दोलनमा उत्रिएको उनीहरुको भनाई छ । 

पूर्व प्रधानमन्त्री भट्टराईले जनताको समस्यामासँगै ‘सती’ जान पनि तयार रहेको बताए। ‘पहिल्यै टुङ्गिनुपथ्र्यो, अहिलेसम्म के मा कुरो नमिलेको रहेछ कुन्नी रु’ उनले आश्चर्य मान्दै भने।

पाँच वर्षदेखि जग्गा रोक्का राखेर अहिलेसम्म मुआब्जा नतोक्दा सर्वसाधारण मारमा परेको गुनासो प्रभावितहरुको छ। 

शुक्रवार जिल्ला प्रशासन कार्यालयका धादिङमा धर्ना दिने, आइतवार बुढीगण्डकी आयोजनाको कार्यालय घ्याल्चोकमा धर्ना दिने कार्यक्रम तय भएको बुढीगण्डकी सरोकार समिति आरुघाटका संयोजक दिनेशकुमार ढकालले बताए। 

४ बर्ष अगाडि

प्रतिक्रिया