निगम अध्यक्ष खरेललाई हटाईदै, बिजनेश प्लान नबनाएको आरोप

४ बर्ष अगाडि

पर्यटन मन्त्री योगेश भट्टराई वायु सेवा निगमका अध्यक्ष मदन खरेलाई हटाउने निश्कर्षमा पुगेका छन । खरेलको कामकारवाहीबाट असन्तुष्ट बनेका भट्टराई यस्तो निश्कर्षमा पुगेका हुन ।

गत भदौमा  प्रधानमन्त्री केपी शर्मा ओलीले नै उनलाई  नियुक्त गरेका थिए । मन्त्रालय स्रोतका अनुसार खरेलले अपेक्षाकृत काम गर्न नसकेका कारण उनलाई हटाउने तयारी गरिएको हो ।
खरेलको काम प्रति प्रधानमन्त्री पनि असन्तुष्ट रहेकाले हटाउनका लागी संकेत दिएका मन्त्रालय स्रोत बताउछ । पर्यटनमन्त्री भट्टराईले केही दिनभित्रै खरेललाई हटाउने तयारी गरेको स्रोतको दाबी छ ।
खरेलले बिजनेश प्लान नबनाएको, निगमको अटिड नगरेको, चिनियाँ विमान सञ्चालन गर्न प्रभावकारी काम नगरेको, ग्राउन्ड ह्यान्डलिङमा काम नगरेको र निगम लगातार घाटामा गइरहेको प्रति भन्दै मन्त्री भट्टराई असन्तुष्ट छन् ।
मन्त्री भट्टराईले बुधबार बिहान काम नगर्ने कर्मचारीलाई पद ओगटेर बस्नुभन्दा पनि राजीनामा दिन सुझाव दिएका थिए ।
उनले भनेका थिए,  ‘काम नगर्ने कर्मचारीहरुले राजीनामा दिनुहोस्, मैले हटाइसकेपछि अदालत गएर नरुनु होला ।

पर्यटनमन्त्रीमा नियुक्त भइसकेपछि निकै सक्रियता देखाएका भट्टराईले जिम्मेवारी पूरा नगर्ने र जवाफदेही नहुने सबैलाई हटाउने चेतावनी यसअघि पनि दिइसकेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया