लक्ष्मी कमर्शियल भेइकल ल्यायो ग्लोवल सेरिज ट्रक र टिप्पर

मंसिर ५, २०७६ | आजको अर्थ
ajaako_artha

लक्ष्मी कमर्शियल भेइकल (पहिले गोल्ड फिश इन्टरनेशनल) ले एकै छत मुनि सर्भिस सेन्टर र ग्लोवल सिरीजको ट्रक र टिपर बजारमा ल्याएको छ । 

लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी कमर्शियल भेइकल नेपालको लागि एसएमएल इसुजु सवारी साधनहरुको अधिकृत वितरक हो । कम्पनीले नेपालभर ग्राहकहरुलाई उत्कृष्ट विक्री तथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको छ ।

कम्पनीले जीएफआई सर्भिसेजको नाममा आज काठमाडौंको नैकाप गुर्जुधारा स्थित एसएमएल इसुजु फ्ल्यागसिप थ्रीएस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । उक्त सेवा केन्द्र १,००,००० वर्गफिट क्षेत्रमा फैलिएको छ । 

उक्त सेवा केन्द्रमा विक्री सेवा, स्पेयर पार्ट्स, पीडीआई केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु समावेश गरिएको छ । 

यस थ्रीएस सेन्टरमा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरु पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्थाले राम्रोसँग सुसज्जित छन । यस प्रकारको सेवाको साथसाथै कम्पनीेले प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनहरुको सेवा प्रदान गर्दछ ।

आज उक्त कार्यक्रममा कम्पनीले नेपाली बजारका लागि सबैभन्दा धेरै प्रतिक्षा गरिएको नयाँ ग्लोवल सेरिज ट्रक र टिप्पर पनि अनावरण गरेको छ । 

नयाँ सुरुवात इसुजु डिजाइनको फिलोसोफीमा आधारित छ, जसको नाम ग्लोवल सेरिज रहेको छ । नयाँ ट्रक र टिप्पर यस्तो डिजाइनमा तयार परिएको छ, जुन आधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रतिक हो । इसुजुको ग्लोवल अनुभव र जापनिज प्रविधिको मिश्रण गरिएको छ जुन नेपाली ग्राहकहरुको चाहना र आवश्यकता अनुरुप अपनाइएको छ । 

सबै नयाँ सर्वश्रेष्ठ श्रृङ्खला, इन्धन वर्गमा दक्षता, ड्राइभरको आराममा वृद्धि, राम्रो ड्राइभिलिटी उच्च विश्वसनियता, अनुकुल मर्मत लागत र अधिकतम लोडिङ क्षमता प्रदान गर्दछ ।

लक्ष्मी कमर्शियल भेइकलले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक÷निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्राइसकेको छ  । 

लक्ष्मी ग्रुप एक प्रतिष्ठित स्तरको उत्पादन र ट्रडिङ हाउस हो जसको नाममा विभिन्न कम्पनीहरु समावेश छन् । अटोमोबाइल क्षेत्रमा विशिष्ट पहिचान सृजना गर्ने क्रममा यसले धेरै वर्ष पहिले देखि अटोमोटिभ डिभीजन सुरु ग¥यो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७