विरगञ्ज  उद्योग वाणिज्य संघ विज्ञप्ती- हातपातमा संलग्नलाई कारवाही गर्न माग

४ बर्ष अगाडि

वीरगञ्ज उद्योग वाणिज्य संघले संघका निवर्तमान अध्यक्ष एवं प्रदेशसभा सदस्य ओम प्रकाश शर्मामाथि भएको हातपातको घटनाको विरोध गरेको छ । बुधबार भएको घटनाको भत्र्सना गर्दै संघले बिहीबार प्रेस विज्ञप्ती जारी गरेको हो ।

शर्मामाथि सार्वजनिक स्थलमै नगर सभागृहका सञ्चालक भोला साह कलवारले हातपात गरेको घटनाप्रति वीरगञ्ज उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

‘निवर्तमन अध्यक्ष शर्मा प्रभात भ्रमणपछि वीरगञ्जको आदर्शनगरस्थित बब्लु टि स्टलमा चिया खाइरहेको बेला भोला साह कलवारले अनावश्यक विवाद गर्दै गालीगलौज गरी निज उपर हातपात गरेको कार्य अमयार्दित र आपराधिक प्रकृतिको रहेको संघको ठहर छ ।’ विज्ञप्तीमा भनिएको छ ।

घटनाले शान्ति सुरक्षाप्रति सर्वसाधारणमा भयावह अवस्था सिर्जना गरेको भन्दै विज्ञप्ती मार्फत संघले गालीगलौज तथा हातपातमा संलग्न व्यक्तिहरु उपर कानूनी कारबाही गर्न माग गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया