आर्थिक स्थितीमा सुधार, घटेन मूल्यबृद्धि

४ बर्ष अगाडि

देशको आर्थिक स्थितीमा सुधार देखिए पनि मूल्यवृद्धिमा भने चाप परेको छ । २०७६ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव २१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ६८ प्रतिशत थियो । भदौं महिनामा भने मूल्यबृद्धि ६ दशमलव १६ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ०४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ५५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैरखाद्य तथा सेवा समूहअन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको छ ।

समीक्षा अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ भने पहाडमा सबैभन्दा कम चाप परेको राष्ट्र बैंकको तथ्यांकमा देखाइएको छ । काठमाडौं उपत्यकामा ८ दशमलव १४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्ष सोही अवधिमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया