डेढ अर्ब लगानीमा औषधी उद्योगहरु खुल्दै

४ बर्ष अगाडि

डेढ अर्ब भन्दा बढिको लगानीमा औषधी उद्योगहरु खुल्ने भएका छन ।

चालु बर्षको तीन महिनाको अबधीमा उद्योग विभागमा तीन ओटा लगानीकर्ताले आवेदन दिएका छन । विभागका अनुसार ३ वटा उद्योगमा १ अर्ब ८९ करोड ३४ लाख रुपैया लगानी हुने छ भने २९१ जनाले रोजगारी पाउनेछन । 
विभागले सबैभन्दा ठुलो उध्योग ललितपुरको गोदावरीमा खुल्ने बताएको छ । उक्त उद्योगमा धर्मेन्द्र अग्रवाल र दिपकुमार टिवडेवालले लगानी गर्ने भएका छन । करिब १ अर्ब ३० करोड १९ लाख ७३ हजार उक्त औषधी कम्पनीमा लगानी हुने अनुमान गरिएको छ । 

२ करोड ५० लाख ट्याबलेट, ८० लाख क्याप्सुल, ३ करोड ५० लाख आइन्टमेन्टस ट्युव र ८ करोड ईन्जेक्टेबल उत्पादन गर्ने उदेश्य सहित डेरेन फर्मास्युटिकल प्रालिले औषधी उद्योग खोल्ने  जनाएको विभागले बताएको छ । विभागका अनुसार उक्त कम्पनीले १८४ जनालाई राजगारी समेत दिने बताएको छ ।

फार्मेनिक्स लाइफ साइन्सेस प्रालि ३५ करोडको लगानीमा सुनसरीको दुहवीमा औषधि उद्योग खोल्ने भएको छ । उक्त कम्पनीले  १० करोड ट्याब्लेट, ५ करोड क्याप्सुल, २५ लाख ओइन्टमेन्ट्स ट्युव उत्पादन गर्ने बताएको छ ।
त्यस्तै काभ्रेको बनेपामा  स्यज कुमार यादव लगानीमा औषधी उद्योग खुल्ने भएको छ । यो उद्योगमा २४ करोड १४ लाख ४८ हजारको लगानी हुनेछ भने ५ करोड ट्याबलेट, १ करोड क्याप्सुल, ५ हजार किलोलिटर लिक्विड ओईन्टमेन्ट्स ट्युव २० लाख र ५० हजार केजी पाउडर उत्पादन गर्ने छ ।
साथै कम्पनीले ६२ जनालाईरोजगारी दिने पनि उल्लेख गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया