शाओमीले ल्यायो बजारमा नयाँ स्मार्टफोन, मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ । 

क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले फेरि एकपटक स्मार्टफोन सेग्मेन्टमा तहल्का मच्चाउने निश्चित छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले स्मार्टफोन श्रेणीमै रेडमी नोट सिरिज अब्बल रहँदै आएको बताए । उनले प्रत्येक रेडमी नोटले प्रविधिका पर्खालहरु नाघेर यथास्थीतिलाई चुनौति दिँदै भ्यालु प्रोपोजिशनलाई पुनःपरिभाषित गरेको बताए । 

कोठारीले भने, ‘हामी ६४ एमपी क्वाड–क्यामेरा बिस्ट– रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं । विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो जी९०टी चिपसेट भएको यो स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्नेछ ।’

६४ एमपी क्वाड क्यामेरा
शक्तिशाली ६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट भएको रेडमी नोट ८ प्रो एक सर्वोत्कृष्ट फोन हो । यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ । 

अक्टा–कोर हेलियो जी९०टी मोबाइल प्लायटफर्मले यो सेग्मेन्टमा बेजोड गेमिङ क्षमता ल्याएको छ । रिफ्रेस औरा डिजाइनमा अद्भुत गाम्मा ग्रिन कलर र डुअल कोर्निङ गोरिला ग्लास ५ भएको रेडमी नोट ८ प्रो सुन्दर, इग्रोनोमिक डिजाइनको दुलर्भ संयोजन हो । 

एक पूर्ण एचडी प्लस १६.५ सीएम ९६.५३० डट नोच डिस्प्ले र १९.५ः९ एसपेक्ट रेसियोका साथ यसको सबै भागमा पातलो बेजल छ । रेडमी नोट ८ प्रो को रिअरमा ८.८ एमएम मोटाइ भएको थ्रीडी कर्बड ग्लास रहेको छ जसले यसलाई हातमा राख्दा सजिलो महशुस गराउँछ । 

दिनभर टिक्ने ब्याट्री लाइफ नोट सिरिजको विशेषता नै हो र यो पटक ४५०० एमएएच ब्याट्री (१८ वाट चार्जर)ले पुरै दिन उत्किृष्ट गेमिङ र फोटोग्राफी सुनिश्चित गर्दछ ।

कम्प्युटिङमा ठुलो 
हेलियो जी९०टी मा ६+२ आर्किटेक्चरको विशेषता रहेको छ जसमा ६ वटा एआरएम कोर्टेक्स A-55 cores छ जुन २.० GHz सम्म चल्छ भने 2.05GHz सम्म चल्ने दुई Cortex-A76 cores ले भारी काम पनि सजिलै होओस् भनेर सुनिश्चित गर्दछ । 

यो क्वाड–कोर Mali G76 GPU 800MHz ले गेमिङ पर्फमेन्शमा उच्चतम् गुणस्तर कायम रहोस् भनि सुनिश्चित गर्दछ । यसले रेडमी नोट ८ प्रो लाई २८४८७२ पोइन्टको आकर्षक AnTuTu V8 स्कोर पोष्ट गर्न अनुमति दिन्छ ।

शाओमीको सुधारित लिक्वीड कुल प्रविधिले अप्रेटिङ तापक्रम कम गर्दै लामो अवधिसम्म कायम रहने पिक पर्फमेन्श सुनिश्चित गर्दछ । LPDDR4X RAM को ८ जीबीसम्म क्षमता भएको रेडमी नोट ८ प्रो एक शक्तिशाली गेमिङ स्मार्टफोन हो । 

एक अतिरिक्त वाइफाइ एक्स एन्टेनाले निर्बाध गेमिङको अनुमति दिन्छ यसको मतलब रेडमी नोट ८ प्रो मा TÜV Rheinland’s नेटवर्क लेटेन्सी प्रमाणीकरण छ ।

६४ एमपी क्वाड क्यामेरा सेटअप
पहिलो पटक रेडमी नोट सिरिजमा ४ वटा क्यामेरा छ । यसमा फोटो र भिडियोका लागि  ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्यका साथ अल्ट्रा वाइड एङगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स रहेको छ जसले २ सीएमसम्म दृश्यको नजिक पुर्याउछ । 

यसले रेडमी नोट ८ प्रो लाई अत्यन्त बहुमुखी इमेजिंग टुल बनाएको छ जसमा प्रयोगकर्ताहरुले विभिन्न परिपे्रक्ष्य र दृश्यहरु खिच्न सक्छन् । विश्वकै पहिलो ६४ एमपी स्मार्टफोन, रेडमी नोट ८ प्रो मा परिष्कृत इमेजिंग प्रविधिको प्रयोग गरिएको छ जसले तस्वीरहरु तीव्र, विस्तृत र आकर्षक रंग उचित ढंगले खिच्दछ । 

कम प्रकाशमा, रेडमी नोट ८ प्रो को मुख्य क्यामेराले स्वचालित रुपमा सुपर पिक्सल ट्रिगर गर्दछ र ४ पिक्सलबाट प्राप्त भएको जानकारीलाई एउटैमा मिलाएर प्रयोगकर्तालाई अविश्वसनीय विवरण सहित १६ एमपी सट प्रदान गर्दछ ।

एलेक्सा बिल्ट–इन विथ डुअल वेक
रेडमी नोट ८ प्रो अमेजन एलेक्सा बिल्ट इन सार्वजनिक गर्ने नेपालकै पहिलो स्मार्टफोन हो । यसले प्रयोगकर्ताहरुलाई अन्तक्र्रिया गर्न र एकैपटक विभिन्न कार्यहरु कार्यान्वयन गर्न मद्दत गर्दछ जसमा संगीत बजाउने पनि समावेश छ तर यतिमा मात्रै सिमित छैन, द्रुत समाचार अपडेट प्राप्त गर्दै, स्मार्ट होम नियन्त्रण गर्ने, रियल टाइममा मौसमको जानकारी प्राप्त गर्ने र एलेक्सा किवर्ड प्रयोग गरेर एलेक्साको हजारौं मध्यको एक सीप चयन गर्न पनि सकिन्छ ।

रेडमी नोट ८ प्रो डुअल वेक भएको विश्वकै पहिलो स्मार्टफोन हो जसमा दुवै गुगल एसिस्ट र अमेजन एलेक्सा एकैसाथ प्रयोग गर्न सकिन्छ ।

४५००mAh ब्याट्रीको साथमा १८ वाटको चार्जिङ
प्रयोगकर्ताहरुको प्रतिक्रियालाई मध्यनजर गर्दै रेडमी नोट ८ प्रो मा ठुलो क्षमता भएको ४५००mAh ब्याट्री मात्र नभएर आउट अफ बक्स १८ वाटको यूएसबी टाइप–सी फास्ट चार्जिङ पनि छ । प्रयोगकर्ताहरुले १८ वाट फास्ट चार्जिङको लाभ लिन सक्छन् जुन आउट अफ बक्स हो त्यस बाहेक अरु के चाहियो ।

रेडमी नोट ८–४८ एमपी क्वाड अल राउन्डर
रेडमी नोट ८ ४८ एमपी क्वाड क्यामेरा सेटअप सहित लोकप्रिय नोट ७ एसको अलराउन्ड अप्ग्रेड हो । ६.३ इन्च डट नोच डिस्प्लेको र औरा फ्लुइड डिजाइनले सुसज्जित रेडमी नोट ८ मा अविश्वसनीय इमर्सिभ FHD+ भिडियो अनुभव प्रदान गर्दछ जसको प्रभावशाली स्क्रिन–टु–बडी रेसियो ९०% रहेको छ । TÜV Rheinland प्रमाणित डिस्प्लेले ब्लु लाइटलाई फिल्टर गरेर प्रयोगकर्तालाई आखाँको तनावबाट जोगाउँदै आरामदायी अवलोकन अनुभव प्रदान गर्दछ ।  

यसमा कर्निङ गोरिला ग्लास ५को प्रयोग गरिएको छ र प्रयोगकर्ताले अपग्रेटेड स्थायित्वको अपेक्षा गर्न सक्दछन् र यसले अगाडि र पछाडिको भागलाई दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट जोगाउछ । यसका साथै रेडमी नोट ८ मा P2i न्यानो कोटिङ छ जसले स्प्लास प्रतिरोधी बनाउँछ ।

रेडमी नोट ८ एक फोटोग्राफी पावरहाउस हो जसको रियरमा क्वाड क्यामेरा सेटअप छ । यसको ४८ एमपी अल्ट्रा हाई रिजोलोशन प्राइमेरि क्यामेरामा ½ इन्च सेन्सर, f/1.79 अपर्चर र ७९.४ डिग्री फिल्ड भ्यू जस्ता विशेषता रहेको छ । यसको ८ एमपी अल्ट्रा वाईड क्यामेरा, १२० डिग्री फिल्ड भ्यू, २ एमपी म्याक्रो लेन्स, २ एमपी डेप्थ सेन्सरले कुनै पनि दुरिका आकर्षक तस्वीर खिच्न मद्दत गर्दछ ।

रेडमी नोट ८ को अघिल्लो भागमा १३ एमपी सेल्फी क्यामेरा छ जसको f/2.0 अपर्चर र बिल्ट–इन एआई प्रविधिले प्रयोगकर्तालाई प्रत्येक पटक पर्फेक्ट सेल्फी खिच्न मद्दत गर्दछ । फ्रन्ट क्यामेरामा प्यानोरमा सेल्फीको विशेषता पनि छ जसमा ग्रुपका सबैलाई समेटेर तस्वीर लिन सकिन्छ र यो रेडमी नोट सिरिजमा पहिलो पटक समावेश गरिएको हो ।

क्वालकम स्न्यापड्रेगन ६६५ मोबाइल प्लायटफर्मले पावर इफिशेनसी कायम गर्दै उत्कृष्ट प्रर्फमेन्श प्रदर्शन गर्दछ जसमा ४००० एमएएच ब्याट्री र आउट अफ बक्स टाइप सी १८ वाट्ट चार्जिङ रहेको छ ।

मूल्य
रेडमी नोट ८, ६ जीबी प्लस ६४ जीबी र ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा क्रमश १८ हजार ९ सय ९९ र २३ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ । यो फोन तीनवटा कलर भेरियन्ट– मुनलाईट ह्वाइट, स्पेश ब्लाक र नेप्च्यून ब्लुमा रहेका छन् ।

रेडमी नोट ८ प्रो, ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा २६ हजार ९ सय ९९, रु २९ हजार ९ सय ९९ र ३२ हजार ९ सय ९९ मा क्रमश उपलब्ध हुनेछ । यो फोन तीनवटा कलर भेरियन्ट–गामा ग्रिन, हलो ह्वाइट र स्याडो ब्ल्याकमा रहेका छन् ।

दुवै फोनहरु बिक्रीका लागि नोभेम्बर २० तारिकबाट सम्पूर्ण एमआईका अधिकृत पार्टनर, डराज डट कम डट एनपी  र सस्तो डिलमा पनि उपलब्ध हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया