बज्राचार्य अवार्डस् पुस १२ मा हुने

४ बर्ष अगाडि

 बज्राचार्य क्लबले आगामी पुस १२ गते वल्र्ड बज्राचार्य अवार्डस् २०१९ कार्यक्रम गर्ने भएको छ ।

क्लबले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाल प्रज्ञा प्रतिष्ठानमा साङ्गीतिक÷साँस्कृतिक प्रस्तुतिबीच गरिने यस कार्यक्रममा विश्वभरका कुनै पनि विद्यालय, विश्वविद्यालयबाट एस इ इ देखि पी एच डी वा सो सरह उत्तीर्ण गरेका बज्राचार्य कुलपुत्र, कुलपुत्री, कुलवधुहरुलाई पुरस्कृत गरिने जानकारी दियो । आवेदन दिन चाहनेहरुले २०७६ मङ्सिर २७ भित्र अनलाइनमार्फत आवेदन दिइसक्ने पर्नेछ । 

कार्यक्रम संयोजक शैलेन्द्रमान बज्राचार्यका अनुसार समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिने र एक जनालाई ‘लाइफ टाइम एचिभमेन्ट एवार्डस्’बाट विभूषित गरिने छ । एस इ इ देखि स्नातकोत्तरसम्म प्रत्येक तहमा सर्वोकृष्ट अङ्क ल्याई उत्तीर्ण हुने एक जनालाई पुरस्कृत गर्ने पनि कार्यक्रम राखिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया