अशोक दर्जीलाई स्वरसम्राट बनाऔं : टिका बुढाथोकी

५ बर्ष अगाडि

काठमाडौं, ७ साउन । ‘स्टुडियो नाईन’ का निर्देशक टिका बुढाथोकीले पछिल्लो समयका चर्चित तथा लोकप्रिय बाल गायक अशोक दर्जीलाई ‘स्वर सम्राट अशोक’ बनाउनको लागि साथ दिन आग्रह गरेका छन् 
रिपोेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बुढाथोकीले केही दिन अघि भाईरल भएको अडियोलाई नितान्तै व्यक्तिगत मामिला भएको दाबी गरेका छन् । 
उनले भने,‘अशोक दर्जीको बारेमा हामीले जुन भूमिका खेलेका छौं, त्यसको फरक मूल्याङ्कन होला र छ, तर मैले यति भन्दिन कि अशोक भाईलाई हामीले ल्याएका हौं, हामीले उनको नाममा जेपनि गर्न पाउनुपर्छ ।’
उनले अघि थपे,‘अशोक र उनको भविष्यसँग खेल्नु अपराधपूर्ण कार्य हो, यो बिल्कुल कानून, अधिकारविपरित कुरा हो, मैले कुनै व्यक्तिसंग कुनै एउटा योजना सम्पन्न गर्नको लागि गरिएको सम्वाद थियो, आज म यो पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदछु, अशोकलाई आगामी तीन महिनापछि कस्तो मानिस बनाउने ? अशोक सम्राट बनाउने की, हिजोकै स्थितिमा फर्काउने ? यस्ता कुराहरुमा ध्यान दिनुपर्छ, मानिसको जिन्दगीमा प्रत्येक पाईलमा परिचय बदलिरहेको हुन्छ, कतिबेला के काममा भईन्छ, कतिखेर के बोलिन्छ, त्यो व्यक्तिगत कुरा हो ।’
अशोक दर्जीको नाममा आएको पैसाको बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफमा बुढाथोकीले भने,‘अशोको नामको पैसा करोडौं आएको छैन्, १५ देशि २० लाखसम्म आएको छ, तर यहाँ त यति ठूलो बनाईँदैछ कि अशोकको नाममा टिका र टंकले सबै खाए, त्यो गलत छ, मलाई लगाईएका आरोपहरुको विवादित कुराहरुको सार फरक छ, खातामा आर्थिक कुराको बारेमा केही दिनमा हिसाब सार्वजनिक गर्नेछौं, टंक बुढाथोकी पनि बाहिर छन्, मसँग जोडिएको कुराहरु भएका कारण यहाँ ममात्रै आएको हुँ ।’
 

५ बर्ष अगाडि

प्रतिक्रिया