‘सेकेन्ड ह्याण्ड’ कार किन्दैं हुनुहुन्छ? यी कुरा अवश्य ख्याल गर्नुहोला

४ बर्ष अगाडि

पुराना (सेकेन्ड ह्याण्ड) कार किन्ने सोचमा हुनुहुन्छ ? भने केही कुरालाई ध्यान दिनुस् अन्यथा कारको चमकले तँपाईलाई भ्रममा परेर धेरै रकम खर्च गर्नुपर्ने हुन सक्छ र सवारी साधन खराव हुँदा दुख पनि पाउनु हुनेछ । 

यदी तपाईं आफ्नो बजेट अनुसार पुरानो गाडी किन्ने विचारमा हुँदा केही सतर्कता अपनाउँदा ठूलो नोक्सानीबाट बच्न सक्नुहुनुहुनेछ । 

तपाईं पुरानो गाडी किन्दै हुनुहुन्छ भने कार कति किलोमिटर कुदेको छ भन्ने कुरालाई ध्यान दिनुहोस् । धेरै किलोमिटर कुदेको गाडी किन्दा बिग्रने खतरा बढी हुन जान्छ । 

तर कार बेच्ने केहीले भने गाडीको स्पीडमिटरलाई परिवर्तन गर्न सक्छन् । त्यसका लागि तपाईले विशेष ध्यान दिन जरुरी छ । स्पिड मिटर बिगारेको छ कि छैन भन्ने जान्नका लागि तपाईंले कारको सर्भिसिङ रेकर्ड चेक गर्नुभयो भने गाडी कति किलोमिटर कुदेको छ भन्ने पत्ता लगाउन सक्नु हुनेछ । 

कारको रंगरोगन 
सामान्यतया कारलाई राम्रो र आकर्षक देखाउनका लागि र बेच्दा राम्रो रकम पाउनका लागि कारलाई चिटिक्क पारिएको हुन्छ । तर चमकदार पेन्ट खतराको निशानी हो । पुरानो कार किन्दा ध्यान दिनुहोस् कि कारको रंग हरेक पाटोमा उस्तै हुन आवस्यक छ । देखिने स्थानमा रंग चमकदार छ भने तपाईले यसलाई ‘डेन्ट पेन्ट’ गरेको रहेछ भन्ने पत्ता लगाउन सक्नुहुनेछ । 

कारमा भएको स्क्रयाचलाई मेट्नलाई रंग गरिएको हुन्सक्छ । वा दुर्घटना पर्दा कोरिएको हुनसक्छ । त्यसका लागि कारको हरेक भागमा रहेको रंगबारे ध्यान दिन जरुरी छ । 

इन्जिन
कार किन्नु भन्दा पहिला इन्जिन जरुर जाँच गर्नुहोला । बोनट खोलेर हेर्नुहोस् कि इन्जिनजको आसपासको क्षेत्र कति सफा छ । यद्यी इन्जिक मा तेल लिक भएको, कालो देखिएको, मोविल लिक भएको देखिएको खण्डमा उक्त कारको इन्जिन बनाइरहिएको छ भन्ने बुझन् सकिन्छ । यसका अलावमा इन्जिनको फ्यान बेल्ट तथा इन्जितको बेल्ट सही ढंगमा फिट भएको छ कि जाँच गर्नुहोस् । इन्जिन आयलको रंगलाई जाँच गर्नुहोस् । यदी त्यो कालो भएको छ भने कारको इन्जिन सही रुपमा बनाइएको छैन भन्ने बुझ्न सकिन्छ । 

टायर
टायर कारको ‘लाइफ लाइन’ हो  । धेरै कुदेको कारको टायर धेरै खिएको हुन्छ । यसलाई ध्यान दिनु होला । तपाईले एउटा सिक्का पैसाको प्रयोग गरेर पनि कारको टायरको अवस्था पत्ता लगाउन सक्नुहुन्छ । कारको टायरमा रहेको ग्रिप९टारमा हुने रेखा० मा सिक्का पैसा घुसारि हेर्नुहोस् । यदी पैसा तल पुग्यो भने टायर राम्रो छ नभए उक्त टायर फेर्ने अवस्था आएको छ भन्ने बुझ्न सकिन्छ । 

यदी कार धेरै कुदेको स्पीड मिटरमा देखिएको छ र टायर नयाँ नै रहेछ भने तपाइँले सहजै बुझ्न सक्नुहुन्छ कि टारय नयाँ हो । 

बाडी पार्ट परिवर्तन
कार खरिद गर्दा बडी पार्ट९बाहिरी अवरण०लाई पनि ध्यान दिन जरुरी छ । कारको बाहिरी भाग फेरिएको छ भने त्यसले पनि कारमा तपाईको पैसा फस्ने सभ्भावना हुन्छ । कार दुर्घटनामा परेपछि कुच्चिएको भाग बनाइएको वा फेरिएको भए उक्त कारमा बेला बखतमा समस्या आउँन सक्छ । 

ठूलो खालको दुर्घटनामा परेको कार किन्नु त्यति राम्रो हुँदैन । किनकी कारको भित्री भागमा पनि समस्या भएको हुनसक्छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया