बाईक कसैका लागी आबश्यकता हो भने कतिपयका लागी शोखका विषय हो ।
त्यस्तै बाइकको शोख भएकाहरुका लागी ट्रक मोटर ट्रेडिङ कम्पनी लिमिटेडले ४५ लाख पर्ने बाइक नेपाल भित्राएको छ ।
बिएमडब्लु कम्पनीको उक्त बाइक ११ सय ७० सीसीको रहेको छ ।
लिमिटेडले हाल आर नाइन टी अर्वान जीएस मोडलको बाईक भित्राएको हो ।
बाईक सिँगापुरबाट पैठारी गरिएको हो ।
बाईकको अधिकतम खुद्रा बिक्री मुल्य ४५ लाख तोकिएको छ ।
सुरुआती चरणमा कम्पनीले जी १०जिएस र ३१० आर मोडलका ३१३ सिसीका बाइक ल्याएको थियो।
बिएमब्डलु मोटोर्राड विश्वविख्यात जर्मन कम्पनीको बिएमडब्लुको मोटरसाइकल ब्रान्ड हो।
हवाईजहाजको इन्जिन निर्माताको रुपमा सुरु भएको बिएमडब्लुले सन् १९२३ मा पहिलोपटक आर ३२ मोटरसाइकल उत्पादन गरेको थियो ।
फ्ल्याट–ट्विन बक्सर इन्जिन उक्त बाइकको मुख्य विशेषता हो ।
बिएमडब्लु मोटोर्राडले अहिले पनि बाइकमा फ्ल्याट–ट्विन बक्सर इन्जिन नै प्रयोग गर्छ र पनि अचेल विभिन्न इन्जिन कन्फिगरेसनका बाइकहरु यसले उत्पादन गर्दै आएको छ।
बिएमडब्लु मोटोर्राड मोटरसाइकलहरु जर्मनीको बर्लिनस्थित कम्पनीको प्लान्टमै उत्पादन हुन्छन् । केही इन्जिनहरु अस्ट्रिया, चीन र ताइवानमा उत्पादन हुन्छन्।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।