घर किन्दा श्रीमती सित्तैमाः जुन विज्ञापनले संसार हल्लायो

मंसिर १०, २०७६ | आजको अर्थ
ajaako_artha


एजेन्सी – व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु राखेर ग्राहकको मन लोभ्याएको त हामीले देखे सुनेकै छौं । कतिपय उपभोक्ता त्यस्ता विज्ञापनको लोभमा परेका हुन्छन् । तर संसारमा यस्ता कुरा पनि हुन्छन् जुन कुरा पत्याउनै गाह्रो हुन्छ । विज्ञापनको बजारमा ‘एउटा सामान किन्दा अर्को सामान सित्तैमा’ लगायत अफर सुनिएकै हो ।

तर केही समय अगाडी यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्रीमती सित्तैमा’ भन्ने अनौठो अफर चर्चामा आएको थियो । यो अफर हो इण्डोनेसियाको । यो अफरले संसारलाई नै आश्यर्च चकित बनाएको थियो । जहाँ घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल बनेको छ । एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषले आफूलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन् ।

विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युसंगै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ ।

यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसँग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’

यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ । जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८