नेपालमा ७०१ विद्युतीय गाडी दर्ता , आयात बढ्दो

४ बर्ष अगाडि

सरकारको विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्ने नीति, भन्सार महसुलमा छूट तथा बढ्दो चार्जिङ स्टेशनका कारण नेपालमा विद्युतीय गाडीको आयात चालू आर्थिक वर्ष ९आव०मा बढेको छ । 

मुलुकमा हाल भएका कुल विद्युतीय गाडीको करीब २४ प्रतिशत गाडी चालू आवको पहिलो ४ महीनामा मात्रै आयात भएको छ ।

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाको पछिल्लो तथ्यांकअनुसार कात्तिक मसान्तसम्म कुल ७०१ विद्युतीय गाडी दर्ता भएका छन्, जसमध्ये १६४ ओटा गाडी यस आवको पहिलो ४ महीनामा थपिएका हुन् ।

आर्थिक अभियानबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया