नेपालका मुख्य ६ शहरमा एनसेल मेला

४ बर्ष अगाडि

एनसेल प्रा.लि.ले देशको विभिन्न ६ वटा शहरहरुमा 'एनसेल मेला २०७६' आयोजना गर्ने घोषणा गरेको छ । 

एनसेलले बुधबार एक प्रस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

मेला हुने ६ शहरहरुमा इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवल रहेका छन् ।

एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप आयोजना गर्न लागको हो र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य पनि राखेको छ ।  

चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुती, किड्स जोन, गेम स्टलहरु र फुड स्टलहरुसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण यो एक दिने एनसेल मेलाको शुरुवात इटहरीबाट हुनेछ । 

मंसिर २८ गते (शनिबार) इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा यो मेला आयोजना गरिनेछ । यो मेला मंसिर ३० गते (सोमबार) बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदान,   पुष ३ गते (बिहीबार) जनकपुरको बाह्र बिधा मैदान र  पुष ५ गते (शनिबार) वीरगंजको आदर्शनगर रंगशालामा आयोजना गरिनेछ । 

त्यसैगरी एनसेल मेला पुष ९ गते (बुधबार) धनगढीको सुदुर पश्चिमाञ्चल एसपि चौकी मैदानमा आयोजना हुनेछ भने पुष १२ (शनिबार) बुटवलको सिद्घेश्वरी स्कुल मैदान, दीपनगरमा आयोजना पछि समापन हुनेछ । 

उक्त मेलामा सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ । 

मेलाको मुख्य आकर्षणको रुपमागायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना  राई, टीका प्रसाँई, कलाकार प्रियंका काकीको आफ्नो प्रस्तुती रहने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया