‘दबङ्ग–३’ फ्लप हुने केआरके भबिष्यबाणी

मंसिर १३, २०७६ | आजको अर्थ
ajaako_artha

अन्टसन्ट बयानबाजी गरेर मिडियामा चर्चामा बनिरहने कमाल आर खान (केआरके) ले ‘दबङ्ग–३’ फ्लप हुने भविष्यवाणी गरेका छन् ।

आफूलाई फिल्म समीक्षक बताउने खानले बक्स अफिसमा सलमान खानको चलचित्र नराम्रोसँग पिट्ने दाबी गरेका हुन् । उनले चलचित्रको ट्रेलरलाई महाफ्लप बताएका छन् ।

दबङ्ग–३ डिसेम्बर २० मा रिलिज हुँदैछ । हालैमात्र केआरकेले चलचित्र निर्माता भूषण कुमारलाई पनि बलिउडका नम्बर १ फ्लप निर्माता बताएका थिए ।

कथित फिल्म समीक्षक खानले दबङ्ग–३ लाई लिएर कयौँ टिप्पणी गरेका छन् । चलचित्रले सिनेमाघरमा दर्शक जुटाउन नकस्ने उनको उनको भनाइ छ । उनले चलचित्रको गीत र ट्रेलरलाई बकवास बताएका छन् । उनले चलचित्रलाई हेर्न काम नभएका र रिक्शावालहरु मात्र जाने पनि दाबी गरेका छन् । ‘चलचित्रले १५० करोड भन्दा बढी कमाइ गर्न सक्दैन ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७