‘पुरानो ’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा

४ बर्ष अगाडि

पुरानो गाडी किन्ने सोचमा हुनुहुन्छ भने गाडीको बारेमा वा गाडीधनीको बारेमा धेरै कुरा बुझेर मात्र गाडी किन्नु आवस्यक हुन्छ।

पुरानो गाडी किन्दा यी बिभिन्न कुरामा ध्यान दिएर किन्यौँ भने किनिसकेपछि पछुताउनु पर्दैन्।

पुरानो गाडी​ किन्दा ध्यान दिनुपर्ने कुरा:

‘ओडोमिटर’को जाँच
पुरानो गाडी किन्नुभन्दा पहिला ओडोमिटरको जाँच आवस्यक हुन्छ। कहिलेकाँही ब्यापारीले गाडी महँगो मूल्यमा बेच्नका लागि ओडोमिटर बिगारेको हुन्छ।

उदाहरणका लागि गाडी बेच्नेले ओडोमिटर बिगारेर ५ हजार किलोमिटर गुडेको गाडीलाई १ हजार किलोमिटर मात्र गुडेको देखिने बनाइदिनसक्छ।

 कम गुडेको राम्रो कन्डीसनको गाडी सोचेर हामी बढी मूल्य तिर्नसक्छौँ। त्यसैले वास्तविकता थाहा पाउनका लागि गाडीको ओडोमिटर जाँच गराउनु राम्रो हुन्छ।

 दलालबाट सावधान रहनुस्
 गाडी बेचाएपछि आफूले पाउने कमिसनका लागि सहयोगी भूमिकामा रहेकाले पनि गाडीको बडाइचडाई गर्नसक्छन्। दलालले दिएका सबै जानकारीमा आफै परीक्षण गरेरमात्र विश्वार गर्नुहोस्।

आधिकारिक कम्पनीसँगै किन्नुहोस्
आधिकारिक कम्पनीबाट सेकेन्ड ह्यान्ड गाडी किन्दा केही समस्या आयो भने पनि गुनासो गर्नसक्छौँ वा वारेन्टीका लागि कागज गर्नसक्छौँ। गाडीको बारेमा कम्पनीले गरेको दाबी मिलेन भने त्यसको क्षतिपूर्ति लिनसक्छौँ। जुन कुनै ब्यक्तिबाट किन्दा गर्नसकिदैन।

किनेपछि गाडीमा कति खर्च लाग्नसक्छ ?
पुरानो गाडीमा केही फंसन वा पाटपूर्जा बिग्रिएको हुनसक्छ, जुन आफूले बनाउनुपर्छ। त्यसमा कति खर्च लाग्नसक्छ भन्ने पनि हिसाब गर्दा राम्रो हुन्छ।

गाडीको इंटेरियर
कुनै पनि गाडीको इन्टेरियस सेक्सन महत्वपूर्ण हुन्छ। त्यसैैले गाडीको इन्फो सिस्टम, सिट बेल्ट, डैसबोर्ड लगायलका इन्टेरियर पार्ट पनि जाँच गर्नुपर्छ।

क्याबिन
पुरानो गाडी किन्दा गाडीको सिट, लेग रुम, हेड स्पेस, गाडीको सिस्टम, आदिको जाँच गर्नुपर्छ।

 गाडीको लोन बाँकी छ की ?
पुरानो गाडी किन्दा गाडी लोनमा किनिएको थियो कीरु थियो भने लोन चुक्ता भएको छ वा छैन भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ।

गाडीको ब्याकग्राउन्ड
पुरानो गाडी किन्दा गाडी किनिएको ठाउँ वा ब्यक्ति, गाडी प्रयोग गरिएको ठाउँ वा गाडी प्रयोग भएको काम आदी सबै बुझेर गाडी किन्नुपर्छ। गाडी गैह् कानुनी काममा प्रयोग गरिएको रहेछ भने यसले हामीलाई समस्यामा पार्नसक्छ।

गाडीको कुनै दुर्घटना त भएको थिएन?
 गाडी कुनै दुर्घटनामा परेको थियो वा त्यो दुर्घटनाका असरहरु गाडीमा के के छन् भन्ने बारेमा समेत पूर्ण जानकारी लिनु आवस्यक हुन्छ।

गाडीका सम्पूर्ण कागज
गाडी किन्नुभन्दा पहिला सम्पूर्ण कागज हेर्नुहोस् र आफूसँगै राख्नुहोस्।

गाडी परीक्षण गर्न नभुल्नुहोस्
गाडीको असली कंडिसन थाहा पाउनका लागि गाडीलाई एकचोटी चलाएर हेर्नुहोस्।

 गाडी चोरीको त होइन
धेरै घटना यस्ता छन्, ग्राहकले गाडी किनिसकेपछि चोरीको गाडी चोरीको भएको थाहा हुन्छ। यस्तो समस्याबाट बच्नका लागि काडीको रजिस्टेसन नम्बर, इन्स्योरेन्सका सम्पूर्ण कागज जाँच गरेर मात्रै गाडी किन्नुहोस्।

चोरीको गाडी किन्नपुगियो भने प्रहरीचौकी, अदालत धाउनुपर्ने हुनसक्छ। आफूले किन्ने गाडीका बिरुद्धमा कुनै उजुरी पो परेको छ कीरु त्यो पनि सुनिश्चत गर्नुहोस्।

गाडी मालिकको पृष्डभूमि
गाडी बेच्ने मानिसको पृष्ठभूमिले पनि गाडीको बारेमा धेरै कुरा बोल्न सक्छ। त्यसैले गाडी धनी कस्तो किसिमको काम गर्छ, कस्तो समाजमा प्रोफाइल छ लगायतका कुरा पनि बुझ्नुहोस्।

गाडीको बजार मूल्य
तपाईले किन्न लागेको पुरानो गाडीको बजार मूल्य कति छरु कतै सेकेन्ड ह्यान्ड गाडीलाई नयाँ गाडीको बजार मूल्य बराबर नै पैसा त खर्च गरिरहनुभएको छैन्रु

४ बर्ष अगाडि

प्रतिक्रिया