अल्छीहरुका लागि खुसीको खबरः आयो आफैँ सफा हुने कपडा

४ बर्ष अगाडि

कपडा घुन अल्छी मान्नेहरुका लागि यो उपाय निकै प्रभावकारी हुने बताइएको छ । वैज्ञानिकहरुले प्रकाश देखाउने बित्तिकै आफै सफा हुने कपडा तयार भएको बताएका छन् ।

यस्तो फ्याब्रिकलाई केवल ५ मिनेट घाममा राख्ने बित्तिकै आफैँ सफा हुन्छ । सन् १९५१ को कमेडी चलचित्र द म्यान इन द व्हाइट सुटमा देखाइएको पात्रले गर्ने क्रियाकलापसँग वैज्ञानिकहरुले गरेको काम मेल खान्छ । यस चलचित्रमा सर एलेक गिनिजले वैज्ञानिकको भूमिका निर्वाह गरेका छन् । उनले त्यस्तो कपडा बनाउँछन् जून न कहिल्यै फोहर हुन्छ न त यसलाई शरीरबाट उतार्नै पर्छ ।

मेलवर्नका अनुसन्धानकर्ताहरुले यस्तै गुण भएको प्रभावकारी फेवरिक बनाएको बताएका छन् । आरएमआईटी विश्वविद्यालयले गरेको यो कामको अहिले सबैले प्रशंशा गरेका छन् ।

तर अहिल्यै यो व्यापारिक प्रयोगमा नआउने भएका कारण वासिंग मेसिन बिस्थापित नहुने डाक्टर राजेश रामनाथनले बताएका छन् । हामीले वासिंग मेसिन फाल्नुअघि यो प्रविधिमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । अनुसन्धानकर्ताहरुले तामा र चाँदी मिश्रित संरचनाको प्रयोगबाट यस्तो कपडा तयार पारेका हुन् ।

तामा र चाँदीले देखिएको प्रकाशलाई सोस्ने काम गर्छन् । भविष्यमा गोलभेडाको सस र वाईनबाट पनि यस्तो प्रविधिको परिक्षण गरिने डाक्टर रामनाथनले बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया