अनुदानको सोलारमा ठगिएको रकम फिर्ता

४ बर्ष अगाडि

जुम्लाको गुठीचौर गाउँपालिका–५ का १८१ घर परिवारलाई दिइएको अनुदानको सोलारमा ठगिएका दलित र जनजातिले रकम फिर्ता पाएका छन् । ‘हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्था’,जुम्लाको पहलमा सो रकम फिर्ता हुने भएको संस्थाका अध्यक्ष मनसुर सुनारले बताए ।

सोलारमा ठगी गर्ने मीनवहादुर मल्लले सबै वडाबाट सङ्कलन गरेको रकम दिने बाचा गरेको जनाइएको छ । अध्यक्ष सुनारले दलित समुदायको हकहितका लागि काम गर्न गठन गरिएको सहकारी संस्थाको प्रयासमा रकम फिर्ता गर्ने कार्य सुरु गरिएको जानकारी दिए ।

दलित र जनजातिबाट मल्लले  एक हजार ५०० प्रति सोलारबाट सङ्कलन गरिएको थियो । चन्दननाथ नगरपालिकामा मल्लले एक हजार सोलार वितरणबाट  १५ लाख दलित र जनजातिबाट लिएको जनाएको छ । नगरपालिकाको न्यायिक समितिले पाँच पटकसम्म छलफल गर्दा रकम दिन नमानेपछि छैटौँ पटक बसेको न्यायिक समिति बैठकले मल्ललाई अदालत पठाउने निर्णय गरेको थियो ।

जुम्लामा दुई हजार २०१ वटा अनुदानका सोलार ल्याइएकामा दुई हजार २०१ सोलारमध्ये नगरपालिकामा एक हजार,गुठीचौर गाउँपालिकामा १५० र तातोपानी गाउँपालिकामा ४७० सोलार वितरण भएको थियो ।     
     
     
     
   
 

४ बर्ष अगाडि

प्रतिक्रिया