बयरघारीमा हाटबजार लाग्ने भएपछि कृषक उत्साहित

४ बर्ष अगाडि

बाग्लुङको भिरकोट नगरपालिका–१ बयरघारीमा हरेक शनिबार हाटबजार लाग्ने भएपछि कृषक उत्साहित भएका छन् । भिरकोट नगरपालिकाको आर्थिक सहयोग र भिरकोट उद्योग वाणिज्य सङ्घको पहलमा सिसौंघारी मैदानमा हाटबजार लाग्ने भएको हो ।

हाटबजार सञ्चालनमा आएसँगै यहाँ यहाँका कृषि,पशु तथा अन्य हस्तकलाका सामग्रीले बजार पाउनेछन्,भिरकोट नगरप्रमुख छायाराम खनालले भन्ने,कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि अब कुनै समस्या हुँदैन ।

उनले आफ्नो खेतबारीमा उत्पादन भएका तरकारी तथा अन्य नगदेबालीलाई प्रत्येक शनिबार हुने हाटबजारमा ल्याएर बिक्री वितरण गर्न तथा घरमा आवश्यक पर्ने सामग्री सस्तोमा खरीद गरेर लैजान यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

गत साताबाट सञ्चालनमा आएको हाटबजारमा विशेषगरी स्थानीय उत्पादनको बिक्री वितरणमा प्राथमिकता दिइने नगर प्रवक्ता दीपेन्द्र केसीले बताए । हाम्रा बाँझा रहेका खेतबारीमा अब तरकारी,फलफूल तथा अन्य नगदेबाली लगाउने क्रम बढ्ने आशा लिएको छु,प्रवक्ता केसीले भन्ने,उपभोक्ताले सिधैँ किसानसँग किन्न पाउने भएकाले पनि बिचौलियाको मारमा पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

वाणिज्य सङ्घका अध्यक्ष भक्तबहादुर केसीले भिरकोट नगरभित्रका विभिन्न बजार प्रत्येक शनिबार बन्द गर्न भिरकोट उद्योग वाणिज्य सङ्घले व्यापारीलाई गरे ।     
     

४ बर्ष अगाडि

प्रतिक्रिया