कालीमाटीमा ३ सय किलो सिमी नष्ट, बिषादिको मात्रा अत्याधिक

४ बर्ष अगाडि

कालीमाटी तरकारी बजारका करिब तीन सय किलो सिमी नष्ट गरिएको छ । उपभोग गर्न नहुने स्तरमा विषादिको मात्रा पाईएपछि उक्त सिमी नष्ट गरिएको हो । उत्त सिमी सर्लाहीबाट ल्याईएको थियो ।
विषादि अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीकाटीले आठ प्रकारका परिक्षणमा सिमी खान अयोग्य फेला परेको हो । प्रयोगशालाले धादिङ र सर्लाहीबाट आएको तरकारीका विषेधीको मात्रा बढि पाईएको बताएको छ । 

सर्लाहीको सिमीमा आर्गानाफस्फेट समूहको विषदि धेरै पाईएको थियो ।
सर्लाहीबाट आएको सिमी खान अयोग्य ठहर्याएको छ भने धादिङको सिमीलाई तीन दिनपछि मात्रै बेच्न सकिने सुझाएको छ । 

कालीमाटी मन्डीमा बिक्रीका लागि आएका तरकारीका नमुना लिएर प्रयोगशालाले विषादिको मात्रा जाँच गर्ने गरेको छ । जसमा ३५ प्रतिशतसम्म विषादि भएको तरकारीलाई खान योग्य ठहर्याएउँछ भने त्यसभन्दा बढि मात्रा भए तीन दिन बेच्न रोक्ने वा नष्ट गर्न लगाउँछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया