भोली तीन अर्ब १३ करोडको टे«जरी बिल बिक्री गर्दै राष्ट्र बैंक

४ बर्ष अगाडि

भोली तीन अर्ब १३ करोडको टे«जरी बिल बिक्री गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले भोली (सोमबार) रु. तीन अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले ९१ दिने अवधिको उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो ।

उक्त बिल आगामी फागुन २० गते परिपक्व हुनेछ ।

बैंकले यसअघि यही मङ्सिर ९ गते पनि त्यस्तै ट्रजरी बिल बिक्री गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया